
बागलुङ, २९ चैत । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ रिनुवाङमा मंगलबार विहान ट्याक्टर दुर्घटना हुँदा एक चालकको मृत्यु भएको छ ।
रुकुमबाट बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको रा १ ४११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक पूर्वी रुकुम पुथा उत्तरग्रगा गाउँपालिका–१३ का २४ वर्षिय सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ट्याक्टरका सहचालक प्रचण्ड शेरचन घाईते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।