रोल्पा, १८ बैशाख ।
रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको मैतीगातिनामा बुधबार बेलुका बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले जानकारी दिए ।
डीएसपी पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।
साँझ ६ बजेतिर भएको उक्त घटनामा मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम डाँगी छन् ।
गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन्  विष्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए। युद्धकालमा रहेको बम विष्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
शव घटनास्थलमै छन् । चारैजनाको मृत्यु भएकाले विष्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन् । बम भेटाएर खेलाउदा विष्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । घटना विष्फोटमा अर्को एक थान बमसमेत फेला परेको छ ।
सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here