अग्नी पीडित रोकालाई वडा कार्यालयको सहयोग

बल बहादुर रोका
बागलुङ, १३ चैत ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ माझखर्क कन्ल्याङका अग्नि पीडितलाई वडा कार्यालयले राहत सहयोग गरेको छ ।
वडा कार्यालयले बिहिबार अग्नी पीडित हिरा बहादुर रोकालाई खाद्यान्न सहयोग गरेको छ ।
बुधबार साँझको समयमा रोकाको दुई तलाको घरमा आगलागी हुँदा १२ लाख ५५ हजार रुपैयाँको क्षति भएको थियो ।
रोका काममा गएको समयमा घरको तल्लो तलामा रहेको भैसिलाई कुडो पकाउउने ठाउँबाट आगो सल्किदा आगलागी भएको जनाइएको छ । आगलागी पछि रोकाको ४ जनाको परिवार दाजुको घरमा बसेका छन् ।
आगलागी हँुदा नया घर बनाउन राखेको काठको दार, लालपुर्जा, जन्मदर्ता प्रमाण–पत्र, नगद पैसा, नागरिकता, राहदानी, दराज, ग्याँस सिलिन्डर जलेर नष्ट भएका छन् । यस्तै उक्त अवसरमा अग्नी पीडित रोकालाई स्थानिय चन्द्रकला रोकाले कपडा र यमकान्त गैरेले खाद्यान्नसँगै नगद सहयोग गर्नुएभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here