
बागलुङ, २२ कार्तिक । बागलुङमा रहेको श्री श्री मेहर गण घोडाबाधे ब्यारेकको आयोजनामा शिक्षक र विद्यार्थीहरुलाई विष्फोटक पदार्थ सम्बन्धी तालिम दिइएको छ ।
ब्यारेकबाट निर्वाचनमा तैनाथ सुरक्षा बेशहरुले आज (मंगलबार) आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, सुरक्षित र भयरहित रुपमा सम्पन्न गर्नको लागि शिक्षक र विद्यार्थीहरुलाई विष्फोटक पदार्थ सम्बन्धी तालिम दिएको हो । तालिममा विष्फोटक पदार्थ देखेमा नेपाली सेना, नेपाल प्रहरलिाई खबर गर्नुपर्ने, छुन नहुने बताइएको थियो । विष्फोटक पदार्थ देखेर चलाएमा मानविय जोखिम र धनजनको क्षति हुन सक्ने जानकारी दिइएको थियो ।
जिल्लाका दशै वटै पालिकामा संचालन तालिममा ७ सय बढी विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो ।
तालिमको गलकोट नगरपालिकामा सहसेनानी निर्मला थापा, ढोरपाटन नगरपालिकामा सेनानी मेग बहादुर राई भाट, बागलुङ नगरपालिकामा सेनानी खेम क्षेत्री, जैमिनी नगरपालिकामा सहसेनानी नुल गुरुङ, काठेखोला गाउँपालिकामा उपसेनानी आशिष देवकोटाले सहजिकरण गर्नुभएको थियो । यस्तै ताराखोला गाउँपालिकामा सहसेनानी राम प्रसाद पाकुर, तमानखोला गाउँपालिकामा सहसेनानी दुर्गा बहादुर थापा, निसीखोलामा उपसेनानी विवेक कार्की, बडिगाड गाउँपालिकामा उपसेनानी सन्देश कुमार पौडेल र बरेङ गाउँपालिकामा सेनानी अशोक कुमार श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।