कारागारमा पुस्तकालय स्थापना

कारागार प्रमुखलाई पुस्तक हस्तान्तरण गर्दै मन्त्री मणीभद्र शर्मा । नवीन शिशिर विक

बागलुङ, १३ साउन । जिल्ला कारागार बागलुङमा पुस्तकालय स्थापना गरिएको छ ।

अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउन्डेसनको सहयोगमा ‘कारागार पुस्तकालय’ स्थापना गरिएको हो ।

पुस्तकालय उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्माले कैदीबन्दीको ज्ञान, सिपको विकास र मानसिकता परिवर्तनको लागि पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

राज्यले कैदीबन्दीलाई दिनुपर्ने सुविधा सामाजिक संघसंस्थाले उपलब्ध गराएको खुःसी व्यक्त गर्नुभएको थियो । क्षणीक आवेग, क्रोध वा परिस्थिती जन्यघटनाले जेलजीवन विदाएका नागरिकको मनोवृत्ति सुधार गरी जेल पछिको बाँकी जीवन सम्मानित बनाउन पुस्तकहरु उपयोगी हुने मन्त्री कँडेलको भनाई थियो ।

जिल्ला कारागारमा हाल क्षमता भन्दा बढी कैदी बन्दी छन् । पुरुष ५० जनाको क्षमता रहेको कारागारमा १६२ पुरुष, नौ जना महिला र दुई जना नाबालक छन् । महिला शाखामा क्षमता अनुरुप नै कैदी बन्दी भए पनि पुरुष शाखामा तीन गुणाबढी कैदीबन्दी छन् ।

क्षमता भन्दा बढी कैदी बन्दी हुँदा उनीहरुलाई खाना, बस्न, सुत्न तथा अन्य व्यवस्थापनको काममा समस्या भएको कारागार प्रमुख डिलबहादुर केसीको भनाई छ । कारागारको मुख्य समस्याबारे जानकारी भएको उल्लेख गर्दै मन्त्री कँडेलले मन्त्री परिषद बैठकमा समस्या समाधानबारे छलफल गर्ने बताउनुभयो ।

पुस्तकालयको फर्निचर तयार तथा पुस्तक खरिदमा करिव तीन लाख ८५ हजार रुपियाँ खर्च भएको अन्तर्राष्ट्रिय बागलुङ समाजका अध्यक्ष एकराज गिरीले बताउनुभयो । कैदीबन्दीको मानसिकता परिवर्तन गरी सामाजिकरणमा सहयोग पु¥याउने उद्देश्यले पुस्तकालय स्थापना गरेको उहाँले बताउनुभयो ।

पुस्तकालयमा जीवन संघर्ष, साहित्य, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यवसायिक सिप, उत्प्रेरणा, सकरात्मक सोचका विषयमा लेखिएका ६५८ थान पुस्तक राखिएको छ । पुस्तकालय व्यवस्थापनको लागि कैदीमा नौ सदस्य रहेको पुस्तकालय क्लव गठन गरिएको छ ।

क्लवका पदाधिकारी सदस्यले पुस्तकको वितरण, संकलन तथा कैदीबन्दीको माग र रुची अनुरुपका थप पुस्तक माग गर्ने छन् । कारागारलाई सुधार गृहको रुपमा विकास गर्न थुप्रै संरचना निर्माण गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here