बागलुङ, १८ पुस । बागलुङ नगरपालिका ७ तितौरेमा रहेको तितौरे सामुदायिक वनको साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभामा बुद्ध बहादुर कार्की, धन बहादुर कार्की र मान बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बम बहादुर कार्की र प्रगति प्रतिवेदन सहसचिव टिकाराम शर्माले प्रस्तुत गर्नुभएको थियो ।

तितौरे सामुदायिक बनका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधाणसभाको स्वागत सचिव ग्रगा कार्की कंडेल र संचालन सहसचिव टिकाराम शर्माले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here