बागलुङ, ८ असोज । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरा बास्कोटमा बुधबार पहिरोले गोठ पुरिँदा बेपत्ता भएका एक पुरुषको शब भेटिएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले भुमियाखेतमा रहेको गोठ भत्किँदा स्थानिय ६० बर्षिय टेक बहादुर खाती बेपत्ता भएका छन् । खातीको बिहिबार विहान स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्दा शब फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

बुधबार साँझ गोठ माथि रहेको सडकबाट पहिरो खस्दा खाती बेपत्ता भएका थिए । उनको बुधबार घटनास्थलमै मोबाइल फेला परेको थियो । गोठमा रहेका दुई भैसी मध्य एक को सिंग भाचिएपनि अन्य चोट लागेको छैन ।

तस्विरः इश्वर गौतम/खबरवे अनलाईन

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here