कादेश आधारभुत विद्यालयमा जोखिम तथा क्षमता विश्लेषण कार्यशाला

बागलुङ, २४ पुस
बागलुङको काठेखोला गाउपालिका ८ लेखानीको कादेश आधारभुत विद्यालयमा विद्यालय स्तरीय जोखिम तथा क्षमता विश्लेषण कार्यशाला सम्पन्न भएको छ । बागलुङमा संचालित विद्यालय सुरक्षा तथा विपद् जोखिम न्युनिकरण परियोजना अन्र्तगत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा संकटासन्नता तथा क्षमता आकलनका विषयमा गाजा डेभलपमेण्ट फाउडेशनका फिल्स सुपरभाईजन हिमा पुनले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमको अवसरमा विपद जोखिम न्युनिकरण गर्न योजना निर्माण , विद्यालयको नक्साङक गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वार्ड सदस्य चन्द्रकुमार पुुनको अध्यक्षतामा भएको कायईक्रममा वोल्ने वक्तहरुले चेतनाको कमीले गर्दा प्रकृतिकरुपमा आईपर्ने विपदमा ठुलो क्षेती हुने गरेकोले वौद्धिक वर्गले समाजमा सचेतना प्रदानगर्नुपर्ने वताएको थिए ।
विद्यालयका प्रअ हिरा काउचाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन विपद सम्पर्क शिक्षक शसवहादुर छन्त्यालले गर्नु भएको थियो ।
परियोजनाले हिजो लेखानी माविमा कार्यक्रम सम्पन्न गरेको थियो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा जिल्लामा परियोजना संचालन भईरहेको छ ।