काठेखोलामा गठबन्धन विजयीः प्रमुख काँग्रेस, उपप्रमुख जनमोर्चा

बागलुङ, ४ जेठ । बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पाँच दलिय गठबन्धनले जितेको छ ।

अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका राजु थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।

थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय ८३ मत मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका तेज बहादुर थापा तिलक विजयी भएका छन् । उनले ६ हजार ७ सय १२ मत प्राप्त गरे । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेकी छिन् ।

काठेखोलामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटी विच चुनावी गठबन्धन भएको थियो । ८ वटा वडा रहेको गाउँपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसले वडा नम्बर १, ५, ६ र ८ नम्बर वडामा विजयी भएको छभने राष्ट्रिय जनमोर्चाले वडा नम्बर ४ मा विजयी भएको छ । नेकपा एमालेले वडा नम्बर २, ३ र ७ मा विजयी भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here