
बागलुङ, २४ भदौ । पूर्व प्रहरी संगठन बागलुङको अध्यक्षमा टिका बहादुर कार्की चयन हुनुभएको छ । संगठनको शुक्रबार सम्पन्न साधारणसभाले पूर्व प्रहरी नायव उपरीक्षक कार्कीको अध्यक्षतामा १४ सदस्य नयाँ समिति गठन गरेको छ ।
संगठनको उपाध्यक्षमा पूर्व प्रह विकास खड्का र पूर्व प्रह श्रीप्रसाद शर्मा, सचिवमा पूर्व प्रनानि जित बहादुर कार्की, सहसचिवमा पूर्व प्रह राम बहादुर क्षेत्री र कोषाध्यक्षमा पूर्व प्रनानि तेज बहादुर थापा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा पूर्व प्रसनि टेक बहादुर बस्नेत, पूर्व प्रसनि केदरसिंह थापा, पूर्व प्रह याम बहादुर सुवेदी, पूर्व प्रह रण बहादुर मिजार, पूर्व प्रह राम बहादुर केसी, पूर्व प्रह राकेश पौडेल र पूर्व प्रह सोम नारायण श्रेष्ठ चयन हुनुभएको छ ।
समितिले पूर्व प्रहरी कर्मचारी, सहिद प्रहरी परिवार तथा दिवंगत प्रहरी परिवारका सदस्यहरुका समस्या संकलन गर्ने र पूर्वप्रहरी केन्द्र तथा प्रदेश तहका साथै नेपाल प्रहरी र सरोकारवाला निकायसँग समन्वय गरेर आन्तरिक समस्या समाधान गर्नुका साथै सामाजिक सेवामुलक कार्य गर्ने लक्ष्य लिएको अध्यक्ष कार्कीले बताउनुभयो ।