अम्बिका कार्की
कोहि मुडुला कार्की तिहार मा टीका लगाउने त कोहि टीका नलगाउने । यो कसरी भो त ? मुडुला कार्की सेवा समाजद्वारा मुडुला कार्की ईतिहास खोजि कार्य भइ रहेको अबस्था छ । करिब आठौं सताब्दी भन्दा अघि कार्की हरुको उत्पत्ती भएको कुरा ईतिहासले बताएको छ । किनकी मुगुमा रहेको मौदगल्य ऋषिले तपस्या गरेको नदि डोल्फु नदि र कर्णाली नदिको संगम स्थल हो । त्यस नदिलार्इ मौदगल नदि भनिन्छ ।
त्यही नदिको किनारमा रहेको छायानाथ हिमालको फेदमा छिनासिम गुम्बा कार्की हरुले बनाएको भन्ने ईतिहास भेटिन्छ । हामी मुडुला कार्कीमा पनि कोहि लेकाली कोहि प्युठानी भाइछन । लेकमा बस्ने भाइ लेकाली र प्युठान या अल्लि तल बस्ने भाइ प्युठानी भनी अलग नामाकरण भएकाछन । जसमध्ये लेकाली बाजे खलक र प्युठानी नातिखलक मानिन्छ ।
यस्तै तिहार मान्ने र नमान्ने प्रचलन पनि धेरै अगाडि देखि फरक भेटिएको छ । एकै सन्तान कोहि भाइ तिहारको टीका लगाउंछन त कोहि भाइ लगाउदैनन् । यो कसरी भो त रु भन्ने सन्दर्भमा आज सम्मको खोज तथा अग्रज हरुको भनाइ अनुसार– धेरै बर्ष अघिको कुरा हो । हामी मुडुलाको छोरी ओझा कुंवरलाई बिबाह गरि दिएको रहेछ । ज्वाइँको मृत्यु भएछ । छोरी बिधवा अबस्थामा रहेकी छोरीलाई माइतीमा ल्याइ पाल्ने निर्णय भएछ र माइती घर ल्याइ लालन पालन गरिएको रहेछ उनी गर्भअबस्थामा रहिछन । दिनानुदिन उन्को सुत्केरी हुने दिन आएछ । तेहि अबस्थामा गारो भएको कारण बच्चा पैदा पश्चात् उन्को मृत्यु भएछ । उनको मृत्इु पछि मातीहरुले टुहुरो भान्जा पालेको रहेछ मुडुला कार्किले । जन्मे पछि हुर्कन के बेर भने झैं उनी दिनादुन बड्दै गए । काममा पनि मामालार्इ सघाउन थाले । लक्ष्मी तिहारको दिनको कुरा हो मामा भान्जा गाई चराउन खाना नखाइ बिहान सबेरै जंगल गएछन । दिनभरी गाई हेर्दै रहे । मामाले भनेछन तिमी गाई हेर्द गर म खाना खाएर आउछु अनि तिमी खान जाउँदा भनेछन्, भान्जाले हुन्छ भनेछन । मामा घर खाना खान घरमा आउंदा गाउंमा जुवा कौडा खेलिरहेको देखेछन मन थाम्न नसकी केही बेर म खेलेर जान्छु भनी खालमा बसेछन । तर जुवामा बसेपछी मामाले भान्जोलार्इ पालो दिन जान बिर्सेछन । उता भान्जो मामाको बाटो हेरि रहे साझ सम्म पनि मामा नफर्के पछि उनीले मलाइ हेलां गरे भन्ने सम्झेर जंगल मै आत्माहत्या गरेछन ।
त्यो दिन तिहारको लक्ष्मी पुजाको दिन रहेछ । घर पालेको भान्जा भाइटिकामा तीन दिन हुने भएकोले ती मामालीले टीका नलगाउने निर्णय गरेछन । यसरी टीका नलगाउने चलन रह्ह्यो भन्ने कुराहरु बुढापाका हरुबाट सुनिन्छ ।
यतिबेला कोहि भाइ लेक, कोहि पहाड, कोहि मधेश छरियका हाम्रा सन्तान त्यो बेला सञ्चार माध्याम नहुदा तुरुन्त खबर बाढ्न नसकेर कसैले तिहारमा टीका लगाए कसैले लाएनन् जो जता बसे त्यसै गरि चलन रह्यो भन्न सकिन्छ ।
कार्की मुडुला कार्की सेवा समाज केन्द्रीय कार्यालय काठमाडौंकी उपाध्यक्ष हनु ।
२०७३ कार्तिक १५ गते सोमबार प्रकाशित
बिल्कुलै वाहियात !!!
यो कुनै तथ्य होईन, रे, होला जस्ता काल्पनिक कुराहरूमा विष्वास गर्न सकिँदैन । तिहार नमनाउने कार्की मैले आजसम्म भेटेको छैन ।
There are various reasons for non celebrating Laxmi Puja or Tihar, by Mudula Karki, every reasons are seeing logically,but I think worship of any God/ goddess is dutiful, I’m also a member of Mudula Karki , n I’m not going to violence of this great n ancient our tradition, but heartly requesting to worship of goddess Laxmi to all our country wide respective Mudula Karki generation .
मुडला कार्की समाजको त हजुरले निर्माण गर्नु भयो कार्कीहरुलाई समेटने गरेर ७५ जिल्लाहरुमा कार्यक्रम चलाउदा उपयुक्त हुने ब्यहोरा जानकारी गराउछु किनकी कुना कन्दरामा बसेका कार्की परीबारका नागरीकहरुलाई हाल सम्म जानकारी नभएका कारण असमन्जसमा परेको अवस्था छ त्यही जिल्ला जिल्लामा समिति गठन गरी कार्यक्रम चलाउनु हाम्रो पहिचान र स्थायित्वका लागी अनिवार्य छ
म पनि मुडुला कार्की हो ..पुर्वज चाहि जुम्ला को सिंजा खोला भन्ने सुनेको..हाम्रो सातौं ।आठौ पुस्तादेखी बसोबास चाहि दैलेख र सुर्खेत मा हो तर हाम्रो तिर तिहार न मान्ने चलन चाहि छैन ..कुन ठाउू तिरका मुडुला कार्कीले तिहार मनाउदैनन् स्पस्ट पारदिनु भय आभारि हुन्थे.साथै तिहार को सुभ कामना……