कास्की कारागारबाट फरार कैदी बागलुङमा पक्राउ

बागलुङ, ३ कात्तिक । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदी बागलुङमा पक्राउ परेका छन् ।

कास्की कारागार, पोखराबाट फरार भएका दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय जबरजस्ती करणी मुद्दाका कैदी बिशाल भन्ने शेरबहादुर नेपालीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो ।

बागलुङ नगरपालिका–६ मा लुकिछिपी बसिरहेको अवस्थामा नेपालीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

सोमबार पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय बागलुङ पठाइएको जिप्रका बागलुङका प्रनि थापाले बताउनुभयो ।