
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा संयुक्त बाम गठबन्धनका चन्द्र बहादुर बुढाले अग्रता लिएका छन् ।
राती १२ बजेसम्मको मतपरिणाम अनुसार नेकपा माओवादीका चन्द्रबहादुर बुढाले १६४७ र नेपाली काँग्रेसका मञ्जेशबम मल्लले १०४३ मत प्राप्त गरेका छन् । मतगणना भइरहेको छ ।










