
बागलुङ, २१ मंसिर । बागलुङको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार बेलुका हिमपात भएको ढोरपाटन शिकार आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताउनुभयो ।
ढोरपाटनमा यस वर्षको पहिलो हिमपात भएको थापाले बताउनुभयो । उहाँले हिमपातले वातावरण चिसो बनाएपनि मंगलबार विहान पारिलो घाम लागेकोले त्यति जाडोको अनुभूति नभएको बताउनुभयो । विहान र बेलुकामा जाडो बढेपनि दिउँसो घाम लागेकोले जाडो नभएको बताउनुभयो ।
हिमपात पछि ढोरपाटन उपत्यकाको वातावरण रमाइलो र आकर्षक भएको छ ।
तस्विरः वीरबहादुर थापा