वडाध्यक्ष, शिक्षकसहित २४ जुवाडे प्रहरी नियन्त्रणमा

सिन्धुली, ३ कार्तिक । जिल्ला प्रहरी कार्यालयले गोलन्जोर-३ ग्वालटारबाट २४ जुवाडेलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये वडाध्यक्ष रविन श्रेष्ठ, शिक्षक तपन पौडेलसहित छन् ।

सोमबार विहान ४ बजे प्रहरीले छापा हानेर ती जुवाडेबाट ३ लाख ८९ हजार १ सय ६५ रुपैयाँ बरामद गरेको एसपी लालध्वज सुवेदीले बताए । तिहारको बहानामा जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्न गएका व्यक्तिलाई नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिई इलाका प्रहरी, खुर्कोटको हिरासतमा राखिएका व्यक्तिको विवरण-
१) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं.२ बस्ने बर्ष ४८ को ढाल बहादुर कार्की
२) ऐ.ऐ. वडा नं ३ बस्ने बर्ष ६४ को भरत थापा
३) ऐ.ऐ. बस्ने बर्ष ५० को राजु थापा
४) ऐ.ऐ. बस्ने बर्ष ३६ को प्रज्वल कार्की
५) ऐ.ऐ. बर्ष २९ को रविन श्रेष्ठ
६) ऐ.ऐ. बस्ने बर्ष २३ को मनोज पोखरेल
७) ऐ.ऐ.बस्ने बर्ष ३९ को ओम कुमार कार्की
८) ऐ.ऐ.बस्ने बर्ष ४० को भरत बहादुर वयलकोटी
९) ऐ.ऐ. वडा नं ४ बस्ने बर्ष ४१ को तपन पौडेल
१०) जिल्ला सिन्धुली कमलामाई न.पा. १२ बस्ने बर्ष ३५ को देव बहादुर खपाङगी
११) जिल्ला सिन्धुली गोलन्जोर गा.पा.वडा २ बस्ने बर्ष ५२ को शिव कुमार कार्की
१२) ऐ.ऐ वडा नं ३ बस्ने बर्ष ४१ को इन्द्र बहादुर पुर्वाछाने मगर
१३) ऐ.ऐ बस्ने बर्ष २६ को एलिस भन्ने आलोक बराल
१४) ऐ.ऐ. बस्ने बर्ष २७ को अभिषेक थापा
१५) जिल्ला रामेछाप मन्थली न.पा. वडा नं ६ बस्ने बर्ष ४९ को चन्द्र बहादुर माझी
१६) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ७ बस्ने बर्ष ५१ को दल बहादुर देवकोटा
१७) ऐ.ऐ.वडा नं ६ बस्ने बर्ष ३० को बिराज श्रेष्ठ
१८ ) ऐ.ऐ. बस्ने बर्ष ४८ को राज कुमार श्रेष्ठ
१९) ऐ.ऐ. बस्ने बर्ष ४० को कल्यान कार्की
२०) ऐ.ऐ. बस्ने बर्ष २० को कृष्ण भन्ने इन्द्र बहादुर कार्की
२१) जिल्ला ओखलढुङगा सुनकोशी गा.पा. वडा नं ७ बस्ने बर्ष २२ को शुसिल सुनुवार
२२) ऐ.ऐ. बस्ने बर्ष ३६ को मिन बहादुर थापा
२३) जिल्ला रामेछाप रामेछाप न.पा. वडा नं १ बस्ने बर्ष ३३ को नविन राई
२४) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं ३ बस्ने बर्ष २८ को रमेश वयलकोटी