
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी मैदानमा रहेका उम्मेदवार, राजनीतिक दलहरुले आआफनो घोषण पत्र सार्वजनिक गरेका छन् । सार्वजनिक घोषण पत्र एउटा घोषित प्रद्धिबता भयो । जहाँ ठुला र महत्वकांक्षी योजना समावेश भएको देखिन्छ । अझै जनताको घरघरमा पुग्दा मतदाताले राख्ने, व्यक्तिगत, परिवारिक, सामाजिक मागहरु बढी महत्वपूर्ण र निर्वाचनमा निर्णक हुन्छन् । चुनावको समय छ मतदाताले जे अपेक्षा त्यही पुरा गर्न तयार छौँ भनेर बोल्ने उम्मेदवार र राजनीतिक दलका नेतृत्वको अपरिपक्क र कच्चा आस्वासन तथा व्यवहारले राजनीतिक दल र नेतृत्व प्रति अविश्वास पैदा गर्छ । आफ्नो पक्षमा भोट पार्न जे पनि गर्छु भनेर झुटको खेती गर्नु हानिकारक हुन्छ ।
वास्तवै उम्मेदवार र नेतृत्व जिम्मेवार हुने हो भने निश्चित मुद्दामा आफ्नो अढान छोड्नु हुन्न । सबै माग पुरा गर्न सकिदैन । चुनावी बेलामा मतदाताको व्यक्तिगत महत्वकांक्षा बढी प्रकट हुन्छन । त्यस्ता कुरामा नेतृत्व पछि लाग्यो भने निर्वाचन पश्चात न त ति माग पुरा हुन्छन न त सामुहिक माग प्रति जिम्मेवार नै हुनसकिन्छ । मतदाताले पनि सामुहिक हित र अधिकारको मागलाई प्राथमिकताका साथ राख्नु उपयुक्त हुन्छ । व्यक्तिगत महत्व र आकांक्षालाई प्राथमिकता दिने हो भने नीति निर्माण गर्न थलोमा पुग्ने प्रतिनिधिले त्यस्ता मागको सम्बोधन गर्न सक्दैनन । स्थानीय सरकार जस्तो विकास निर्माणको बजेत सञ्चालन, योजना, कार्यक्रम सञ्चालन गर्ने थलो पनि होईन प्रतिनिधिसभा र प्रदेशसभा । यद्यपी आफ्नो क्षेत्रको प्रतिनिधिलाई विकास निर्माणको योजना र माग राख्नु स्वभाविक हो । प्रतिनिधिले पनि सामुहिक हित हुने विषयलाई प्राथमिकता दिएर मत माग्नु उपयुक्त हो ।
चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारका क्षेत्रगत घोषण पत्र हेर्ने हो भने कायपलट नै हुने घोषण छन । राजनीतिक नेतृत्वले विकास निर्माणको योजना तयार गर्नु, सपना देख्नु अन्यथा होईन । रुपान्तरणको योजना बोक्ने र सपना देख्ने र त्यही सपनालाई डोहोर्याउनु सक्ने नेतृत्वका गुण हो । तर हामीले जनता सामु गरेका प्रतिबद्धता आफ्ना कार्य अवधिमा कति पुरा गर्न सक्छाँै ? भनेर मुल्याङकन गर्नु पनि आवश्यक छ । भोट तान्न महत्वकांक्षी योजना सार्वजनिक गर्नु र आश्वासन बाँड्नु भन्दा पुरा गर्न सक्ने दुई चार वटा महत्वपूर्ण योजना सार्वजनिक गर्ने र त्यसलाई पुरा गर्न पुरै तागत लगाउन आवश्यक छ ।