वडाअध्यक्षबाट हटाउन पार्टीले विभिन्न प्रोपगान्डा गर्योः पुन

बागलुङ, ९ फागुन । ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तिलक पुनले आफुलाई वडाअध्यक्षबाट हटाउनको लागि राष्ट्रिय जनमोर्चाले विभिन्न प्रोपगाण्डा रचेको बताउनुभएको छ ।

वडा अध्यक्ष पुनले शनिबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि आफुलाई वडा अध्यक्षबाट हटाउनको लागि पछिल्लो समय आँफूमाथी आक्रमण हुनेदेखि जेल पठाउने समेतका काम भएको बताउनुभएको छ ।

वडा अध्यक्ष पुनले विगत ८÷९ वर्ष अघि देखि नै पार्टीको कतिपय आन्तरिक मामिलाहरुमा जिल्ला तहको पार्टी नेतृत्वसँग आफ्नो मतभेदहरु रहँदै आएकोले पार्टीका जिम्मेबार र नेतृत्वमा रहेकाहरुले अहिले सार्वजनिक रुपमा आफ्नो बेइज्जती गर्दै झुठ्ठा मुद्धामा फसाएर निर्वाचन आयोगसम्म पुगेर वडा अध्यक्ष पद खारेज गराउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले २०७६ कार्तिक १२ गते पार्टीको जिल्ला नेतृत्व तहमा रहेका व्यत्तिहरुले योजनाबद्ध प्रकारले परिचान गरि आपराधिक व्यहिरु सहितको समुहबाट आफु सहित पार्टीका स्थानीय कार्यकर्ता माथी निर्मम ढ्रगले भौतिक आक्रमणको घटना भएको बताउनुभयो । उहाँले उक्त घटनाको पार्टी केन्द्रीय कार्यालयबाट २०७६ मंसिरमा छानविन आयोग गठन भएको र पुनः फागुनमा जिल्ला तहबाट छानविन आयोग गठन गरि स्थलगत अध्ययन गर्दा उक्त आयोगले आफुहरुलाई दोषि ठहर गराउन नसकेको कारण दुवै आयोगका प्रतिवेदनहरु गुपचुप राखेर आफुहरुलाई पार्टीबाट कारवाही गर्नको लागि नयाँ बाहाना खोजेको बताएका छन् ।

उक्त घटनामा राष्ट्रिय जनमोर्चाले पुनलाई ज्यानमार्ने उद्योग गरेको भन्दै अदालतमा मुद्दा समेत दिएको थियो । मुद्दाको क्रममा २१ दिन सम्म न्यायिक हिरासतमा समेत बसेका थिए ।

वडा अध्यक्ष पुनले आफुलाई बदनाम गर्नको लागि पार्टी नेतृत्वले कुनै कसर बाँकी नछोडेको भन्दै गत असार १३ गते राहत वितरणको लागि कुनै संस्थाले गाउँ लैजादै गरेको खाद्यन्न र नगद खोलामा बगाईदिएको भन्दै संचार माध्मबाट अनर्गल प्रचार प्रसार गरेर आफुलाई बदनाम गर्न खोजेको समेत आरोप लगाउँनुभयो । उहाँले पार्टीले आफु र राष्ट्रिय जनमोर्चा समर्थक स्थानीय कार्यकर्तालाई एकपक्षिय रुपमा कारबाही भन्दै पार्टी सदस्य समेत नरहने गरि निस्काशित गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उक्त घटना भएको भनिएको दिन आफु ढोरपाटन नगरपालिकाको नगरसभामा रहेको र आफु तीन दिनपछि गाउँमा गएर उक्त खोलामा हेर्दा बाहिर आएको जस्तो केहि पनि प्रमाण नदेखेको बताउनुभयो । ‘राहत खोसेर खोलामा बगाए भन्ने दिन म नगरसभामा थिए । उक्त दिन नगरसभामा उपस्थित भएको माइनटमा हस्ताक्षर समेत हेर्ना सक्नुहुन्छ,’ वडाअध्यक्ष पनुले भन्नुभयो–‘सोहि दिन र भोली पल्ट पनि वडाको बजेटको कामको कारण आफु बुर्तिबाङ बजारमा रहेको र तेस्रो दिन गाउँमा पुगेर राहत बगाए भन्ने खोलामा पुग्दा खोला सानो रहेको र राहत बगाए भनेर आफुहरुले खोला किनारहरुमा हेर्दा केहि प्रमाण फेला नपारेको बताउनुभयो । उहाँले राहत नलगि आफुहरुलाई वडाअध्यक्षबाट हटाउनको लागि पार्टीले चक्रवियु रचेको उहाँले आरोप लगाउनुभयो ।

पार्टीका नेताले पुनलाई गत निर्वाचनमा कांग्रेसमा प्रवेश गरेको तथा कांग्रेसका उमेदवार जिताउन भूमिका खेलेको पनि आरोप लगाएर दिएको मुद्दा समेत झुटो साबित भैसकेकोले आफ्नो वडा अध्यक्षको जिम्मेवारीमा बसेर निरन्तर काम गर्ने उनले बताए ।
राजमोले भने पुनलाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाएको छ । तरपनि उनले राजमो नछाड्ने बताए । ‘म राजमोको कार्यकर्ताको लिस्टमा नदेखिएपनि राजमोकै शुभेच्छुक बनेर बस्न त पाएँनी’ उनले भने, ‘निर्वाचन आयोगमा पुगेको उजुरी समेत रद्द भैसकेपछि म पार्टीको पुरानै पदमा छु ।’ कामको हिसाबले वडा अध्यक्षको भूमिका भने कसैले हटाउन नसक्ने समेत उनले बताए ।

वडा अध्यक्ष पुनले सर्वोच्च अदालतले आफुलाई सफाइ दिएको र पुन वडाअध्यक्षको रुपमा काम गर्न दिन निर्वाचन आयोगलाई आग्रह गर्दा समेत ढोरपाटन नगरपालिकाले १ महिनासम्म आफुले गरेको सिफारिसलाई मान्यता नदिएको बताउनुभयो । उहाँले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले आधिकारिक पत्र नआएको भन्दै आफुले गरेको सिफारिसको फाइल रोकिदिएको बताउनुभयो ।

वडाअध्यक्ष पुनले नगरपालिकामा आएर नगरउपप्रमुख र प्रमुख प्रशासकीय सहित फोनमा नगरप्रमुखसँग नगरपालिकामा अदाललते आधिकारिक पत्र नपठाउने र निर्वाचन आयोगलाई अदालतले पदमुक्त नगर्न अन्तरिम आदेश जारि गरेकोले सिफारिस चल्नुपर्ने अडान लिएको बताउनुभयो । वडाअध्यक्ष पुनलेको सिफारिस फागुन ६ गतेदेखि नगरपालिकाले चलाउन थालेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here