निसीखोलामा सडक मर्मत गर्ने क्रममा पहिरो खस्दा २ जना मजदुरको मृत्यु

बागलुङ, १९ असोज । बागलुङको निसीखोलामा सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नं –३ बोहरागाउँमा सडक माथिबाट पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छभने एक जना मजदुर गम्भीर घाइते भएको निसीखोला गाउँपालिका–३ का वडा वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो ।

सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्युठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका बेला अचानक पहिरो खस्दा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष शाहीले जानकारी दिनुभयो । पहिरोमा परी रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताफमा लगिएको अध्यक्ष शाहीले जानकारीबताउनुभयो ।

मजदुरहरुले सडक निर्माणको काम गरिरहेको बेला सडक माथिबाट पहिरो खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।