
बागलुङ, ५ जेठ । बुधबार विहान गएको भूकम्पको केन्द्रविन्दु लमजुङ रहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का लमजुङ सहित छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बागलुङ, पर्वत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
यो पनि पढ्नुहोस : बागलुङमा भूकम्पको धक्का









