फुटबलको उपाधि अमृतलाई

बागलुङ, १५ साउन
बागलुङ स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफि फुटबल प्रतियोगिताको उपाधि अमृत आदर्श उच्च माध्यमिक विद्यालयले जितको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा गणेश माध्यमिक विद्यालयलाई ट्राईबेकरमा ३–१ गोलअन्तर पराजित गर्दै अमृतले उपाधि चुमेको हो ।
खेल सुरु भएको १ मिनेट भित्रैमा विपिन महतले अमृतको लागि गोल गरेपनि पहिलो हाफमा कुनै गोल गर्न सकेन । पहिलो हाफमा दुवै टिमका खेलाडीहरुले गोलका धेरै मौका खेर फालेका थिए ।
दोस्रो हाफको सुरुवातबाट अमृतलाई दवावमा राखेको गणेश माविले दोस्रो हाफको १० मिनेटमा पाएको फ्रिकिकबाट गोल गरेको थियो । उक्त गोल पुकर खड्काले गरेका थिए ।
यस्तै अमृतका विपिन महतले आफ्नो तथा टिमको लागि दोस्रो हाफको १२ मिनेटमा गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो । यस्तै ३३ मिनेटमा गणेश माविको लागि र आफ्नो दोस्रो गोल गर्दै पुकर खड्काले टिमलाई पुन लयमा ल्याएका थिए । निर्धारित तथा थपिएको अतिरिक्त समयमा २–२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।
ट्राईबेकरमा अमृतका सन्देश शाही, अर्जुन खड्का र कप्तान चिरन पुनले गोल गरेका थिएभने गणेश माविको लागि पुकर खड्को मात्र पेनाल्टीमा गोल गरेका थिए । गणेश माविका कप्तान शैलेश नेपाली, सुसान्त क्षेत्री र क्षितिज नेपालीको प्रहार पोष्टबाट बाहिरीएको थियो ।