कफीसँग खान नहुने तीन खाद्य पदार्थ

काठमाडौँ, १२ असार । कफी खानु अहिले फेसन समान बनेको छ । अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ । सहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र गल्लीहरूमा बढेका कफी क्याफेको सङ्ख्याले पनि देखाउँछ नै ।

तर केही यस्ता पदार्थहरू छन् जुन कफीसँगै नखाए राम्रो हुने जानकारहरू सुझाव दिन्छन् । यहाँ त्यहीबारे चर्चा गरिएको छ ।

कफी र दुध
कफीका पारखीहरूमाझ अमेरिकानो भनिने कालो कफी लोकप्रिय छ। तर त्योसँगै क्यापिचिनो भनिने दुख हालेको कफी खाने पारखीहरू पनि नभएका हैनन्। तर सकेसम्म कफी कालै खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

विशेष गरी खाली पेटमै कफी खाने बानी छ भने दूधसहितको कफी लिँदा ग्यास्ट्रिकको समस्या बढ्न सक्छ। कफीमा रहने क्याफिनसँगै दूध खाँदा त्यसले शरीरमा क्याल्सियम सोस्ने शक्तीमा नकारात्मक प्रभाव पार्छ। त्यसले शरीरमा क्याल्सियमको मात्रा पनि कम हुन सक्छ।

कफी र फ्राई खाना
हुन त फ्राई गरिएका खाना शरीरका लागि त्यति लाभदायक हैनन्। अझ विशेष कफीसँगै फ्राई गरिएको खाद्य पदार्थ नखाए राम्रो। कफीसँगै फ्राई गरिएका खाद्य सामाग्री खाँदा कोलस्टोर बढाउन सक्छ।

कफी र मासु
कफीमा टेननेट्स नाम कम्पाउन्ड पाइन्छ जुन मिनरल्ससँग मिल्छ। मासुमा जिङ्कको राम्रो मात्रा पाइन्छ। यदि कफी र जिङ्क पाइने खाद्य पदार्थ सँगै खायो भने शरीरको जिङ्क सोस्ने क्षमतामा कमी आउन सक्छ। त्यसले नकारात्मक असर त पर्ने नै भयो।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here