काठेखोलाका ७ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानीत

टिकाराम उपाध्याय
बागलुङ, १९ मंसिर । काठेखोला गाउँपालिकाले ७ जनालाई महिला स्वास्थ्य स्वयंमसेविकालाई सम्मान गरेको छ । गाउँपालिकाले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंमसेविकाबाट गाउँपालिकाका ७ जनालाई सम्मान गरेको हो ।

उत्कृष्ट सेवा प्रदान गरेको भन्दै काठेखोला गाउँपालिका वडा नम्बर १ की रुपादेवी खत्री, वडा नम्बर २ भीमापोखराकी ज्ञानकुमारी मल्ल, वडा नम्बर ३ धम्जाकी कविता विक, वडा नम्बर ४ तंग्रामकी लिलादेवी पुन, वडा नम्बर ५ विहुँकी भुमादेवी कंडेल, वडा नम्बर ७ रेशकी पुजा सुवेदी र वडा नम्बर ८ लेखानीकी धनमाया श्रीसलाई सम्मान गरिएको गाउँपालिकाका प्रबक्ता टिका संगम विकले जानकारी दिनुभयो ।

यस्तै उक्त अवसरमा आयोजना गरिएको गाउँपालिका स्तरीय स्वास्थ्य विशेष हाजिरी जवाफ प्रतियोगितामा भीमापोखरा स्वास्थ्य चौकी प्रथम भएको छ । यस्तै विहुँ स्वास्थ्य चौकी द्धितिय, रेश स्वास्थ्य चौकी तृतीय र तंग्राम स्वास्थ्य चौकीका महिला स्वास्थ्य स्वयंसेविका सान्तवना भएका छन् ।

काठेखोला गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, ग्रामिण स्वास्थ्य सुधार परियोजना र विवाईसी बागलुङको सहयोगमा संचालन गरिएको कार्यक्रमको उद्घाटन पछि बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकको स्वास्थ्यको लागि स्वयंसेवीको भावनाले महिला स्वास्थ्य स्वयंसेविले गरेको कामको सम्मान गरिएको बताउनुभयो । उहाँले महिला र बालबालिकाको क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविको कारण धेरै सुधार आएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखाका सिनियर अहेब सोमराज पाण्डेको संचालन र भीमापोखराका स्वास्थ्य स्वयंसेविका भविकला थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here