किसान र मजदुरका लागि एमालेको सरकार : पाठक

बागलुङ, ६ कार्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा उमेद्वार डा.सूर्य पाठकले किसान र मजदुर वर्गको उत्थानका लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

आईतबार बागलुङ नगरपालिका–८ सिगानामा किसानको खेतबारीमै पुगेर पाठकले प्रबिधियुक्त कृषि प्रणालिको बिकासका लागि आँफुले पहल गर्ने बताए ।

पाठकले अघिल्लो कार्याकालमा केही नयाँ र परिवर्तनहुने खालका कामको सुरुवात गरेको भन्दै आगामि पाँच बर्षमा प्राथमिकताका आधारमा बागलुङका जनताका समस्याको समाधान गरिने बताए । पाठकले कृषिलाई उद्यमको रुपमा बिकास गरेर रोजगारी सिर्जनामा लाग्नुपर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here