चुनावी अभियान तिब्र बनाउँदै एमाले

बागलुङ, २ कार्तिक । नेकपा एमाले बागलुङले तिहार अघिनै प्रारम्भीक चरणको भेटघाट सकिनेगरी चुनावी अभियानलाई तिब्र बनाएको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा गठन भएका निर्वाचन परिचालन कमिटि र एमालेको मौजुदा पालिका तथा वडा कमिटिहरुलाई थप सकृय बनाईएको हो ।

सत्ता गठबन्धनका बिरुद्धमा एमाले बलियो गरी जनाताका बीचमा जाने भएकाले सबै तहबाट निर्वाचन परिचालनका काम भैरहेको एमाले जिल्ला सचिव बिष्णु भुसालले बताए । उमेद्वारहरु बिहानैदेखि रातीसम्म सर्वसाधारणको घर घरमा पुगिरहेका छनभने पालिका तथा वडा कमिटि र जनसंगठनहरुले बैठक, भेला तथा अन्तरक्रियात्मक कार्यक्रम गरिरहेका छन् ।

एमालेले जिल्लाभरीनै उमेद्वारसहित र उमेद्वार बाहेकका घर दैलो अभियान सञ्चालन गरीरहेको छ । बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभाका उमेद्वार डा.सूर्य पाठक र प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसीसहितको समुहले मंगबार बागलुङ नगरपालिका–१ र २ मा घरदैलो गरेका छन् । घरदैलोमा पुगेका उमेद्वार पाठकले राष्ट्रियताको रक्षा र देशको समग्र बिकासका लागि एमालेलाई मत दिन आग्रह गरे । पाठकले आँफुलाई जनताले जीताउने बचन दिईसकेको भन्दै सूर्य चिन्हमा मतदान गरेर एमालेका प्रत्यक्ष र समानुपातीक सबै उमेद्वारलाई मत दिन आग्रह गरे ।

प्रदेशसभा ‘क’का उमेद्वार हिराबहादुर केसीले एमालेका जुजारु युवा उमेद्वारको हार जितको फैसला जनताको हातमा रहेको भन्दै जनताले सुसार गर्नपर्ने बेला भएका उमेद्वारको साटो जनताको सुसार गर्ने उमेद्वार छनोट गर्न आग्रह गरे ।

बागलुङ क्षेत्र नं. २ प्रतिनिधिसभामा एमाले उमेद्वार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनले निसीखोला गाउँपालिका–३ ढुवाखोलामा घरदैलो गरेका छन् । जनताले चाहेका उमेद्वार एमालेले प्रस्तुत गरेको भन्दै उनीहरुले युवा र जुजारु उमेद्वारलाई जिताउन आग्रह गरे । चालिसेले महिलाका समस्या महिलेनै बुझ्ने भएकाले देशभरबाट उमेद्वार बनेका न्युन महिलाहरुको सूचिमा परेकी आफ्नै घरकी उमेद्वार जिताउन आग्रह गरिन् ।

घरदैलो तथा भेटघाटमा एमाले जिल्ला इञ्चार्ज गोबिन्द नेपालीले यो निर्वाचन एमाले र गठबन्धन बीच राष्ट्रियता पक्षधर र बिरोधीको लडाईं भएको बताए । उनले भिजिटर उमेद्वारले सम्बन्धित क्षेत्रको बिकास गर्न नसक्ने भएकाले सोही अनुसारको मत दिन आग्रह गरे ।

बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘ख’का उमेद्वार नवराज पौडेलले जैमिनी नगरपालिका–२ र ३ दमेकमा घरदैलो गरेका छन् । उनले जनताको नजिकमा रहेर जनचाहना अनुसारको बिकासका लागि आँफु उमेद्वार बनेको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here