एमाले उमेद्वार घरदैलोमा: जनताको साथ पाउने दावी

बागलुङ, ३१ असोज । आगामि मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेकपा एमालेका उमेद्वारहरुले बिभिन्न संगठनसँग भेटघाट तथा घरदैलो अभियान सुरु गरेका छन् ।

बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा तथा क्षेत्र नं. १ को ‘ख’ प्रदेशसभाका उमेद्वारहरुले सोमबार बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा घरदैलो गरेका छन् । क्षेत्र नं. १ ‘क’ प्रदेशसभामा भने सोमबार बागलुङ नगरकमिटि र काठेखोला गाउँकमिटिको बैठक तथा योजना निर्माण सम्पन्न भएको छ ।

बलेवामा घरदैलो गर्दै प्रतिनिधिसभाका उमेद्वार डा.सूर्य पाठकले सडक पूर्वाधार बिकासमा एमाले सरकारले बागलुङ क्षेत्र नं. १ लाई बिषेश प्राथमिकता दिएको बताए । बागलुङ कुश्मीशेरा सडकको २१ किलोमिटर सडक मध्ये १९ किलोमिटर सडक कालोपत्र गनेदेखि बलेवा बिमानस्थलको कालोत्रको काम एमाले सरकारका पालामा भएका महत्वपूर्ण काम भएको बताए ।

प्रदेशसभा ‘ख’का उमेद्वार नवराज पौडेलले बागलुङबाट ४ जना एमाले नेता सामानुपातीक निर्वाचन प्रणालिबाट प्रदेशसभा सदस्य हुने पक्का भैसकेको भन्दै अब प्रत्यक्ष तर्फ जीत हाँसिलगर्ने एमालेकै पालो भएको बताए ।

बागलुङ क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ अन्तरगत बागलुङ नगर कमिटि र काठेखोला गाउँ कमिटिले पालिका कमिटिका बैठक बसेर योजना निर्माण गरेको बताईएको छ । उमेद्वार हिरा केसी सहित एमाले नेताहरु सहभागि बैठकले एमाले उमेद्वारको जीतका लागि आवश्यक तयारी गर्नेगरी बैठकले निर्णय गरेको छ ।

बागलुङ क्षेत्र नं. २ मा एमाले उमेद्वार मञ्जु शर्मा चालिसेले निसीखोला गाउँपालिकाको भलकोटबाट घरदैलो अभियान थालेकी छन् । उनीसँगै क्षेत्र नं. २ प्रदेसभा ‘ख’का उमेद्वार लक्ष्मण पुन घरदैलोमा पुगेका हुन् । घरदैलो गर्दै चालिसेले जिल्लाभरमै एकमात्रै महिला उमेद्वार आँफु भएकाले जिल्लाकै नेतृत्व गर्ने अबसर दिन आग्रह गरिन् । उनले क्षेत्र नं. २ मा समुदायको माग अनुसारका उमेद्वार एमालेले पठाएको भन्दै सम्बन्धित क्षेत्रकै उमेद्वारलाई जीत्ने हक लाग्ने बताईन् । उनले भिजिटर उमेद्वारले जित्दा सम्बन्धित क्षेत्रको बिकासमा बाधाहुने भन्दै आफ्नो जीत जनताको जीत भएको बताईन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here