
काठमाडौं, २५ असोज । सत्ता गठबन्धनले आफ्नो पार्टीबाट बागी उम्मेदवारी दिनेहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन्।
संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले दिएको समय सीमाभित्र असोज २६ गतेको १ बजेसम्म फिर्ता नलिए पार्टीबाट निष्कासन गरिनेछ ।’
सम्बन्धित पार्टी कमिटीहरूलाई पनि बागी उम्मेदवारी फिर्ता गराउन पहल गर्न निर्देशन दिएका छन् ।