
बागलुङ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा ३ जना स्वतन्त्र सहित १६ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरि संयुक्त रुपमा उम्मेदवारी दिएका छन्भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली काँग्रेस (वी.पी.), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने एकल रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा २ जना स्वतन्त्र सहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बागलुङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, नेपाली काँग्रेस (वी.पी.)का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै कृष्ण शंकर श्रेष्ठ र चन्द्र बहादुर क्षेत्री ले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठ गठबन्धनका बागी उम्मेदवार हुन् । श्रेष्ठ नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् ।
क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापा, नेकपा एमालेका हिरा बहादुर केसी, राप्रपाका डिल्ली प्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्त बहादुर वि.क.ले मनोनयन दर्ता गराएका छन् । यस्तै दिपेन्द्र हमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश (ख)बाट सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका डिल्ली राम सुवेदी, नेकपा एमालेका नवराज पौडेल, राप्रपाका गोविन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहविर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
















