काँग्रेसका नेता किरण पौडेलले दिए राजिनामा

बागलुङ, २३ असोज । नेपाली काँग्रेसका निर्वतमान आमन्त्रीत केन्द्रीय सदस्य किरण पौडेलले पार्टीको सदस्य समेत नरहने गरी राजिनामा दिएका दिए ।

पौडेलले आईतबार पार्टी केन्द्रीइ कार्यालयक मुख्य सचिव मार्फत सभापति शेर बहादुर देउवा समक्षलाई राजिनामा दिएको आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । पौडेलले ४४ वर्ष निरन्तर इमान्दरीता पूर्वक पार्टीको आमन्त्रित केन्द्रीय सदस्यसम्म भई काम गरेपनि पार्टीले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त, विधी, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन नसकेको बताएका छन् ।

नेता किरणले आफुले संसदस्य राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अवस्थामा बाहिरिन पुगेको यो तेस्रो पटक भएको बताउँदै उनले यस पटक न्यायोचित निर्णय आउने आशामा भएपनि त्यसो नभएकोले आफुलौ तेजोबध गराएको महशुस भएको बताएका छन् । उनले निश्चिभत व्यक्तिहरुको मात्रै गोटी बनेकाहरु मात्रै योग्य हुने परिपार्टी आफुलाई सदैव अस्वीकार्य रहेको बताउँदै पार्टीको सदस्य समेत नहरने गरी राजिनामा दिएको बताएका छन् ।

किरणले बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख)बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा दावी गरेपनि पार्टीले आईतबार डिल्लीराम सुवेदीलाई टिकट दिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here