बागलुङ एमालेका उम्मेदवार: १० बुँदे पक्षधरदेखि काँग्रेस र माओवादी छाडेकासम्म समेटिए

बागलुङ, २३ असोज । प्रतिनिधिसभा र प्रदेश सभाको लागि नेकपा एमाले बागलुङको उम्मेदवार टुंगो लागेको छ । एमाले बागलुङमा १० बुँदे पक्षधरदेखि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र छाडेर एमालेमा आएका नेताहरु समेटिएका छन् ।

प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा एमाले केन्द्रीय सदस्य डाक्टर सुर्य पाठकले टिकट पाएका छन् । उनी प्रतिनिधिसभा सदस्य समेत हुन् ।

यस्तै क्षेत्र नम्बर २ मा मञ्जु शर्मा चालिसेले टिकट पाएकी छिन् । उनी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले टिकट नदिएपछि गलकोट नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन । स्थानीय तहको निर्वाचनमा पराजित भएपछि उनी नेकपा एमालेमा प्रवेश गरेकी थिइन ।

यस्तै प्रदेशसभा तर्फ १ (क) मा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले टिकट पाएका छन् । उनी १० बुँदे मार्फत एमालेमा बसेका नेता हुन् । यस्तै १ (ख) मा एमालेको सल्लाहकार परिषद सदस्य नवराज पौडेलले टिकट पाएका छन् । उनी स्थानीय तहको निर्वाचन पछि नेपाली काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ (क) मा प्रकाश घर्तिले टिकट पाएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका घर्तीले २०७९ को स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

२ (ख) मा एमालेका जिल्ला उपाध्यक्ष लक्ष्मण पुनले टिकट पाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here