काठमाडौं, २२ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भुसालले एमालेमा नरहने घोषणा गरेका हुन् ।
४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि एमाले छाडेको उनको भनाई छ ।
उनले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने उल्लेख पनि गरेका छन् ।