बागलुङका दुई वटै क्षेत्रमा शिक्षामन्त्री सिफारिस

बागलुङ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ ।

मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी घर बागलुङ क्षेत्र नम्बर–१ मा पर्दछ ।

बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो पार्टीका बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

क्षेत्र नम्बर १ बाट समानुपातिकमा बलावती शर्मा र मोहम्मद अजीजको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश ‘क’ प्रत्यक्षमा यज्ञवल्लभ शर्मा र चक्रपाणी कंडेलको नाम सिफारिस गरिएको छभने समानुपातिकमा कुसुम बुढा, लक्ष्मी देवी रोका र गगन बहादुर पुन मगरको नाम सिफारिस गरिएको जिल्ला इन्चार्ज बलावती शर्माले बताउनुभयो । माओवादी केन्द्रले प्रदेश ‘ख’ प्रत्यक्षमा कुलचन्द्र शर्माको मात्र नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकमा मेगनाथ शर्मा, चिनीमाया काला मगर, टिका कुमारी विश्वकर्मा र क्या. पदम बहादुर श्रीस रानाको नाम सिफारिस गरेको छ ।

यस्तै, बागलुङ क्षेत्र नम्बर–२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कृष्ण केसीलाई उम्मेदवार बन्नको लागि सुझाव आएको छ । पार्टी अध्यक्ष प्रचण्ड र नेता कृष्ण केसीलाई समेत उम्मेदवार बन्नको लागि बैठकमा सुझाव आएकोले उहाँहरुको नाम समेत समावेश गरी सिफारिस गरिएको जिल्ला इन्चार्ज शर्माले बताउनुभयो ।

क्षेत्र नम्बर २ बाट समानुपातिकको लागि निल बहादुर पुन, निरमया श्रीस, केशरी घर्ती मगर, कर्ण परियार र दलित श्रीसको नाम सिफारिस गरिएको छ ।

माओवादी केन्द्रले क्षेत्र नम्बर १ को प्रदेश ‘क’ प्रत्यक्षमा दिलमाया रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखालको नाम सिफारीस गरेको छभने समानुपातिकमा भविकला रोका मगर, गंगा बहादुर भुजेल, दिल कुमारी पुन, मेखबहादुर विक र छम कुमारी बस्नेतको नाम सिफारिस गरिएको जिल्ला इन्चार्ज शर्माले बताउनुभयो ।

यस्तै क्षेत्र २ को प्रदेश ‘ख’मा प्रत्यक्ष तर्फ चन्द्रलाल अर्याल र दिलमाया रोकाको नाम सिफारिस गरिएको छभने समानुपातिकमा प्रेम बहादुर रोका र कमला पुनको नाम सिफारिस गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here