एमालेबाट बागलुङ क्षेत्र नं. २ मा ६ जनाको नाम सिफारिस

बागलुङ, १९ भदौ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ६ जना आकांक्षी देखिएका छन् ।

संघिय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आईतबार बसेको बैठकले प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरिएको नेकपा एमाले जिल्ला कमिटी बागलुङका सचिव विष्णु भुषाले बताउनुभयो । कमिटीले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ मञ्जु शर्मा चालिसे, मेहरसिंह पाइजा, प्रेम खरेल, गणेश कुमार थापा, झक प्रसाद शर्मा र चेत नारायण पौडेलको नाम सिफारिस गरेको छ ।

एमालेले यस अगाडि नै प्रदेश सभाका लागि उमेदवार सिफारिस गरिसकेको छ ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटिले शनिबार क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’को उम्मेदवारको लागि ७ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ को ‘क’ लागि विष्णु भुषाल, हिरामणी उप्रेती र यमकला घर्तीको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि टंक पौडेल, लक्ष्मण पुन र लक्ष्मी सेन सुनारको नाम सिफारिस गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here