बागलुङ–१ मा एमालेबाट प्रतिनिधिसभाका लागि ६ जनाको नाम सिफारिस

बागलुङ, १९ भदौ । नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस भएको छ ।

संघिय निर्वाचन क्षेत्रीय समन्वय कमिटीको आईतबार बसेको बैठकले प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरिएको संघिय निर्वाचन समन्वय कमिटीका संयोजक तथा जिल्ला कमिटीका उपसचिव गणेश थापाले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ मन कुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्माको नाम सिफारिस गरेको छ ।

सिफारिस भएका केसी र पाठक बहालवाला संघिय सांसद हुन् । पाठक प्रत्यक्ष निर्वाचित सांसद हुनभने केसी समानुपातिक सांसद हुन् । यस्तै सापकोटा र राना गण्डकी प्रदेशसभा सदस्य हुन् । सापकोटा प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्भने राना समानुपातिक सांसद हुन् ।

राम कानुन व्यवसायी तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हुन्भने संजाल राष्ट्रिय जनमोर्चाबाट एमालेमा प्रवेश गरेका नेता हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here