४९३० जनामा कोरोना परीक्षण गर्दा ५४२ मा संक्रमण पुष्टि

काठमाडौं भाद्र २।- पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कसैको मृत्यु भएको छैन।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here