
पछिल्लो २४ घण्टामा बागलुङमा कोभिड–१९का ३ संक्रमित थपिएका छन् । ६ जनामा गरिएको एन्टिजन परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका महामारी रोग फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
तीन संक्रमित थपिएसँगै बागलुङमा पछिल्लो एक हप्तामा संक्रिय संक्रमितको संख्या २९ पुगेको हो ।
संक्रमितको संख्या बढेसँगै बिहिबारदेखि बागलुङमा पीसीआर परीक्षण थालिएको छ ।