
बागलुङ, २९ असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गर्नुभएको छ ।
थापाले मंगलबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर दुई प्रस्ताव सहितको मागपत्र बुझाउनुभएको छ । अध्यक्ष थापाले गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म जोड्ने सडकको स्तरोन्नती र विहुँको रामकोट शिवालय क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने परियोजनाको लागि प्रधानमन्त्रीसँग बजेट माग गर्नुभएको हो ।
अध्यक्ष थापाले गाउँपालिकाले पालिकादेखि वडा कार्यालय सम्म जोड्ने सडक स्तरोन्नती गरि कालोपत्रे गर्नको लागि बजेटको माग गर्नुभएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा पालिका केन्द्रदेखि वडा कार्यालय सम्म जोड्ने सडक निर्माणको नीति लिदै वडा नम्बर १ र ४ को वडा कार्यालयसम्म जोड्ने सडकको स्तरोन्नती गर्नको लागि १ करोड बजेट विनियोजत गरेको छ । गाउँपालिकाले आगामी आवमा सवै वडामा पुग्ने नीति अवलम्वन गरेको छ ।
अध्यक्ष गाउँपालिकाको उक्त नीति कार्यान्वयनको लागि सडक स्तरोन्नती र कालोपत्रे गर्नको लागि प्रधानमन्त्रीलाई भेटेर केन्द्र सरकारसँग बजेटको माग गर्नुभएको हो ।
यस्तै गाउँपालिकाले विहुँको रामकोट शिवालय क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने जनाएको छ । विहुँको रामकोट शिवालय क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने परियोजनाको लागि प्रधानमन्त्री समक्ष बजेटको माग गरेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले विहुँ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेकोले त्यसलाई परियोजनाको रुपमा विकास गरि पर्यटकहरु भित्र्याउने गाउँपालिकाको नीति रहेको बताउनुभयो ।