नेपाल स्वास्थ्य प्राबिधिक संघ बागलुङद्वारा आश्रमलाई सहयोग

बागलुङ, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले बिहिबार संघको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि आश्रमलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । संघले १० हजार रुपैयाँ बराबरको खाद्य र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जिल्ला अध्यक्ष सोमराज पाण्डेयले बताउनुभयो । संघले आश्रमकी संचालक सदस्य विपना तामाङलाई चामल, आलु, सावुन, हार्पिक, मास्क, सेनिटाइजर, ग्लोवस, फिनेल लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन पछि बोल्दै संघका केन्द्रीय सदस्य राम प्रसाद खनालले स्वास्थ्यकर्मीहरु सवै मानव सेवामा तल्लीन रहने भएकोले आश्रमलाई सहयोग खाद्यन्न र स्वास्थ्य सामाग्री सहयोग गरेर जिल्ला संघले उत्कृष्ट कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटा, नेपाल निजामती कर्मचारी संघका केन्द्रीय सदस्य तेज प्रसाद निउरे र नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश उपाध्यक्ष देवप्रकाश घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल स्वास्थ्य प्राविधिक संघ जिल्ला समिति बागलुङका अध्यक्ष सोमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष ऋषिराम शर्मा र संचालन सचिव विष्णुनाथ सापकोटाले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here