
बागलुङ, २५ जेठ । नेकपा मसाल बागलुङका युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
२ दशकसम्म मसालनिकट विभिन्न मोर्चामा काम गरिसकेका शर्मालाई बुधबार एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे ।
उनलाई नेकपा एमालेको शक्तिशाली विभाग युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ । विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई सपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले कम्युनिष्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताए । उनले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडि बढ्ने पनि बताएका छन् ।