बालेनको अग्रता १७१८६

काठमाडौ,जेठ ८ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन्द्र साह बालेनले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् ।
पछिल्लो ताजा अपडेट अनुसार बालेनले हालसम्म ३९ हजार ८९३ मत पाएका छन् ।

नेपाली कांंग्रेसकी सिर्जना सिंह २२ हजार ७ सय ७ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
बालेन सिर्जनाभन्दा १७ हजार १ सय ८६ मतले अघि छन् ।

नेकपा एमालेका केशव स्थापित भने २२ हजार १६ मत पाएर तेस्रो स्थानमा छन् ।
काठमाडौंमा हालसम्म १ लाख १२ हजार १ सय २७ मतगणना गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here