म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एमाले विजयी

म्याग्दी, ५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ ।

पालिका अध्यक्षमा एमालेका भारतकुमार पुन ३५१९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलबहादुर तिलिजा २९८६ मतमा रोकिएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकै दिवाकुमारी तिलिजा ३५६० मतसहित निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ललिता तिलिजा २९५८ मतमा रोकिएकी छन् ।

योसँगै म्याग्दीका सबै पालिकाको मतगणना सकिएको छ । एमालेले ६ मध्ये ४ पालिका जितेर पहिलो पार्टी बनेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here