
मोरङ, जेठ ४ । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरतर्फ नेकपा एमालेले बाजी मारेको छ।
एमालेका मेयर पदका उम्मेदवार भुपेन्द्र लावतीले नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकाललाई १७ सय ८६ मतान्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन्।
विजयी लावतीले १० हजार १५४ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ढकालले ८ हजार ३६८ मत प्राप्त गरे।
उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार कृष्ण कुमारी निरौलाले ९ हजार ३८३ मत ल्याउँदै विजयी भएका छन्।
निरौलाले उपमेयरका अर्का प्रत्यासी माओवादी केन्द्रका कृष्ण प्रसाद लम्साललाई ४ हजार ४५४ मतान्तरले पराजित गरे।पराजित लम्सालले ४ हजार ९२९ मत प्राप्त गरे।