ढोरपाटनको मेयरमा एमालेका नेपाली र उपमेयरमा काँग्रेसका कायत विजयी

बागलुङ, ३ जेठ । बागलुङको ढोरपाटन नगरपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका देवकुमार नेपाली मेयरमा निर्वाचित भएका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन् ।

नगरपालिकाको उपमेयरमा पाँच दलीय गठबन्धनका धनबहादुर कायत विजयी भएका छन् ।

नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहकी ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गगरेकी छन् । उनलाई एमालेले समर्थन जनाएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here