बागलुङको निसीखालामा गठबन्धन विजयी

बागलुङ, ३ जेठ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।

निसीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सूर्यबहादुर घर्ती मगर र उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगर निर्वाचित भएका हुन् । अध्यक्षमा विजयी भएका घर्तीले ५ हजार ५११ मत प्राप्त गरेभने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिराज घर्ती मगरले २ हजार ६३९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५ हजार मत प्राप्त गरेभने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी भोटु चन्दले २ हजार ९०८ मत प्राप्त गरिन् ।

निसीखोला गाउँपालिकाको सवै वडा पाँच दलिय गठबन्धनका उम्मेदवारहरुले जितेका छन् । निसीखोला गाउँपालिका वडा नम्बर १ मा गठबन्धनबाट नेपाली काँग्रेसका चन्द्रसिंह रामजाली, वडा नम्बर २ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कुविर विक, वडा नम्बर ३ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका रमेश विक्रम शाही र वडा नम्बर ४ मा गठबन्धनबाट नेपाली काँग्रेसका टिकानिधी पौडेल विजयी भएका छन् ।

यस्तै वडा नम्बर ५ मा गठबन्धनबाट नेपाली काँग्रेसका हर्कमान घर्ती, वडा नम्बर ६ मा गठबन्धनबाट नेपाली काँग्रेसका हेम बहादुर बुढा मगर र वडा नम्बर ७ मा गठबन्धनबाट नेपाली काँग्रेसका दीपक कुँवर विजयी भएका छन् ।

निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी विच चुनावी गठबन्धन रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here