
बागलुङ, २ जेठ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
सोमबार विहान सम्पन्न भएको मतगणनाको अन्तिम नतिजा अनुसार वडा अध्यक्षमा नेकपा एमालेका कुल बहादुर विक विजयी भएका छन् । विकले ९ सय ६ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका याम बहादुर श्रीसले ५ सय ५७ मत प्राप्त गरे ।
वडा सदस्यहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा टुल्कीदेवी खड्का, दलित महिला सदस्यमा विष्णु विक, खुल्ला सदस्यमा दिपेन्द्र खत्री र प्रेम घर्ती विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षमा उम्मेदवार बनेका श्रीसले निवर्तमान वडा अध्यक्ष हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका श्रीस माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको गठन गरेपछि पार्टी परिवर्तन गरेका थिए ।
धम्जामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी विच चुनावी गठबन्धन रहेको थियो ।