
बागलुङ, २ जेठ । बागलुङको गलकोट नगरपालिकामा पाँच दलिय गठबन्धनले जितेको छ ।
नगरप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका भरत शर्मा गैरेले ५ हजार ४ सय १४ मतसहित विजयी भएका छन् । गैरेले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर काउचालाई १ हजार ८ सय ९५ मतान्तरले पछि पारे । एमालेका उम्मेदवार काउचाले हजार ५ सय १९ मत प्राप्त गरेभने स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेले ३ हजार २ सय ६२ मत प्राप्त गरेकी छिन् ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका फमलाल निउरेले ६ हजार ३९ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार रुपा विकले ३ हजार ५७ मत प्राप्त गरिन् ।
गलकोट नगरपालिकाका ११ वडा मध्य १ वडाको वडाअध्यक्षमा नेकपा एमाले विजयी भएको छभने अन्य वडामा गठबन्धनका उम्मदेवार विजयी भएका छन् ।
गलकोट नगरपालिका वडा नम्बर १ को वडाअध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर साना, वडा नम्बर २ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका हिम बहादुर भण्डारी, वडा नम्बर ३ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका फम बहादुर खत्री, वडा नम्बर ४ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका बल बहादुर खत्री, वडा नम्बर ५ को वडाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका पवन हमाल र वडा नम्बर ६ को वडाअध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम प्रसाद कंडेल विजयी भएका छन् ।
यस्तै वडा नम्बर ७ को वडाअध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्बर ८ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्बर ९ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका तेज बहादुर थापा र वडा नम्बर १० को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका भक्त बहादुर काउचा निर्वाचित भएका छन् । यस्तै वडा नम्बर ११ मा नेकपा एमालेका डम्मर बहादुर श्रीस विजयी भएका छन् ।