बागलुङ नगरपालिका २ मा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ, २ जेठ । बागलुङ नगरपालिका वडा नम्बर २ मा पाँच दलिय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । बानपा–२ को वडा अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका सुरज बोसेल सहित प्यानल नै विजयी भएको हो ।

वडा अध्यक्षमा बोसेलले ४ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम बहादुर जिसीले ३ सय ९८ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार रामराज गुरुङले १ सय ८१ मत प्राप्त गरे ।

वडा सदस्यहरुमा पनि गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । महिला वडा सदस्यमा जसोदा शर्मा, दलित महिला सदस्यमा शान्ति बोसेल, खुल्ला सदस्यमा अर्जुन घिमिरे र विदेश कुमार श्रेष्ठ विजयी भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here