
बागलुङ, १ जेठ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ ।
भीमापोखरामा नेकपा एमालेका विद्यापति शर्माले १०३० मत सहित पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी गंगा थापालाई ४९ मतअन्तरले हराएका हुन् । थापाले ९८१ मत प्राप्त गरिन् ।
शर्माले २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाशमान थापालाई १७२ मतअन्तरले हराएका थिए ।
वडा सदस्यहरुमा पनि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला थापा, दलित महिला सदस्यमा बुद्धिकला किसान, खुल्ला सदस्यमा भिम बहादुर केसी र सुरेश थापा निर्वाचित भएका छन् ।
काठेखोला गाउँपालिकामा पाँच दलिय गठबन्धन र नेकपा एमाले विच चुनावी प्रतिस्पर्धा भएको हो ।