ताराखोलाको अध्यक्षमा माओवादीका विक विजयी

बागलुङ, १ जेठ । बागलुङ जिल्लाको ताराखाला गाउँपालिकामा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन् । विक १९५ मतअन्तरले निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका विकले २ हजार २ सय ८५ मत प्राप्त गरेभने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरे । घर्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत हुन् । नेकपा माओवादीबाट २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका घर्तीले यस पटक बागी उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका भिम बहादुर रोका विजयी भएका छन् । उनले ३ हजार ४ सय ३ मत प्राप्त गरे । उपाध्यक्षमा नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गरिन ।

पालिकाको पाँच वटै वडामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । ताराखोला गाउँपालिका वडा नम्बर १ मा याम बहादुर श्रीस, वडा नम्बर २ मा भद्र घर्ति, वडा नम्बर ३ मा कर्ण बहादुर भण्डारी, वडा नम्बर ४ मा जित बहादुर खत्री र वडा नम्बर ५ मा मन बहादुर खत्री विजयी भएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here