बागलुङका थप तीन वडामा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ, १ जेठ बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४ सय ७४ मत प्राप्त गरेभने सार्कीले ४ सय ६६ मत प्राप्त गरे ।

चार जना वडा सदस्यमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । महिला वडा सदस्यमा नेकपा एमालेका शान्तीदेवी शर्मा, दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्की, खुल्ला सदस्यमा नेकपा एमालेका सोम बहादुर बोहरा र कृष्ण बहादुर कार्की विजयी भएका छन् ।

यस्तै काठेखोला गाउँपालिका–१ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका खडक थापा निर्वाचित भएका छन् । थापाले ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द बहादुर खड्काले ५ सय १८ मत प्राप्त गरे । थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवि थापा मगर, दलित महिला सदस्यमा तरा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित भएका छन् ।

गलकोट नगरपालिका वडा नम्वर २ मा ५ दलीय गठबन्धको प्यानल विजयी भएको छ । वडा नम्वर २ मा ५ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार हिम बहादुर भण्डारी सहितको प्यानल विजयी भएको छ । भण्डारी ७ सय ६३ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

भण्डारीका प्रतिस्पर्धी नेकपा एमालेका टंक कार्कीले ३ सय ८५ मत प्राप्त गरे । त्यस्तै खुल्ला सदस्य उमेश नेपाली र रुद्र सिंह श्रीस, महिला सदस्य मिना श्रीस र दलित महिला सदस्य ज्ञानु परियार निर्वाचित भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here