
बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । वडा नं. ५ को ५०० मत गणना हुँदा माओवादी केन्द्रले अग्रता लि एको हो ।
मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका धन बहादुर विकले २९४ मत प्राप्त गरेका छन् । यसैतरी माओवादी केन्द्रका बागी उम्मेदवार (स्वतन्त्र) प्रकाश घर्तिले ९४ मत, नेकपा एमालेका ऋषिराम रोकाले ५२ मत र स्वतन्त्र याम बहादुर रोकाले १२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा नेपाली काँग्रेसका भिम बहादुर रोकाले २९६ मत र नेकपा एमालेकी थममाया घर्तिले १०२ मत प्राप्त गरेकी छिन् ।
ताराखोलामा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीविच गठबन्धन रहेको छ ।